प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेशमा सबैभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता

२०७९ असार २३, बिहीबार ०९:०० बजे

काठमाडौं – मोबाइल बैंकिङ प्रयोगकर्ता बागमती प्रदेशमा सबैभन्दा धेरै रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ६२ लाख प्रयोगकर्ता रहेको यो प्रदेशमा बसोबास गर्ने मानिसको संख्या भने ६० लाख मात्रै छ ।

तथ्यांक विभागका अनुुसार २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजामा बागमती प्रदेशमा कुल ६० लाख ८४ हजार ४२ जना मानिस बसोबास गर्दै आएका छन् । यी ६० लाख मानिसले ६२ लाख ५९ हजार ९ सय २५ वटा मोबाइल बैंकिङको खाता खोलेको राष्ट्र बैंकले जनाएको हो ।

बैंकका अनुसार नेपालमै सबैभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता बागमती प्रदेशमा छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा छन् । कर्णाली प्रदेशमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या जम्मा ४ लाख ८३ हजार ८१ छ । जबकि प्रदेश १ मा २२ लाख ९८ हजार ४ सय ७२, मधेसमा १६ लाख १० हजार ८ सय ३३, गण्डकीमा १८ लाख ६५ हजार ९ सय ३६ प्रयोगकर्ता छन् । लुम्बिनी प्रदेशमा भने २६ लाख ४६ हजार १ सय ७१ वा प्रयोगकर्ताहरू छन् ।

शिलापत्रबाट