प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाका एक युवक प्रहरीको फन्दामा

२०७८ चैत्र १९, शनिबार १३:०२ बजे

हेटौंडा –मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैँसेबाट अवैध लागुऔषध गाँजा सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–६ चौघडा बस्ने २१ वर्षीय निमेस पर्जा रहेका छन् ।

प्रहरीले पर्जालाई शुक्रबार दिउँसो करिब ३ सय ५० ग्राम अवैध लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । ना.४ च ५९३६ नम्बरको गाडीलाई प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।