प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा लडेर एक जनाको मृत्यु

२०८० कार्तिक ३०, बिहीबार १२:३० बजे

हेटौंडा – मकवानपुरमा लडेर एक वृद्धा महिलाको मृत्यु भएको छ । बिहिबार जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं.१ की ६२ बर्षीया बिष्णुमाया बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार आफ्नै घरदेखि करिब २०० मिटर दक्षिणतर्फ आफ्नै बारीमा लडेर मृत्यु भएको हो । शव पोष्टमाटमका लागि हेटौंडा अस्पतालमा ल्याईएको उनले बताए । उनले घटनाको बारेमा अनुसन्धान भइरहेको बताए ।