प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

बागमती प्रदेशसभामा पाँच प्रतिवेदन पेस

२०७९ जेठ ३१, मंगलबार ११:२९ बजे

हेटौंडा – बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश लोकसेवा आयोग ०७७–०७८ को बार्षिक प्रतिवेदन सहित पाँच वटा प्रतिबेदनहरु पेस भएका छन् । बैठकमा प्रदेशका मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७–०७८ को बार्षिक प्रतिवेदन पेश गरेका छन् । बजेट ल्याउने अघिल्लो दिन आज प्रदेश सरकारले पाँच वटा प्रतिबेदनहरु पेस गरेको हो ।

प्रदेशसभा बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण २०७८–७९ पेश गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा मन्त्री जम्मकट्टेलले आर्थिक वर्ष २०७८–७९ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) रु ४८ खर्ब ५१ अर्ब ६२ करोड रहने अनुमान गरिएकोमा बागमती प्रदेशको अंश सबै प्रदेशको भन्दा बढी ३६.९ प्रतिशत अर्थात रु १७ खर्ब ९० अर्ब ६८ करोड रहने अनुमान रहेको बताए ।