प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा एक गाईगोठमा आगलागी

२०८० जेठ ३१, बुधबार ०२:०९ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१७ गंगटेस्थित एक गाईगोठमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार राति ९ बजे स्थानीय तोताग्री अधिकारीको गाईगोठमा आगलागी भएको हो ।

गाईगोठमा बस्तुलाई खोले पकाउने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ । हेटौंडा उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानियको सहयोगमा आधा घण्टापछि गोठमा लागेको आगो पुर्णरुपमा नियन्त्रणमा लिईएको थियो ।

प्रहरीका अनुसार आगलागीबाट मानविय तथा चौपायको क्षेति भएको छैन । गोठमा रहेको पराल , काठपात , चोकर ५ बोरा र पिठो ७ बोरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।