प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा १८ मा २५ फिट अग्लो बुद्धको मूर्ति

२०७९ बैशाख ४, आईतबार ०९:५० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ स्थित गुम्बाडाँडामा २५ फिट अग्लो बुद्धको मूर्तिको अनावरण गरिएको छ । शनिबार बौद्ध धर्मगुरु लोप्साङ नाम्ग्याल रिन्पोछेले मूर्तिको अनावरण गरेका हुन् ।

एक करोड ४४ लाख रुपैयाँ लागतमा निर्मित बुद्ध मूर्ति समाजसेवी दुर्गामान शाक्य, सुभाषराज शाक्य, कमलचन्द्र सुमनको सक्रियतामा निर्माण भएको हो । बुद्धमूर्ति निर्माण सँगै गुम्बाडाँडामा धार्मिक पर्यटन बढ्ने वडाअध्यक्ष अनिल बानियाँले विश्वास व्यक्त गरे । कार्यक्रममा मकवानपुरका समाजसेवी एवम् मूर्ति निर्माण ब्यवस्थापन समितिका उपाध्यक्ष ज्योतिरत्न बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कुमार लामाको अध्यक्षतामा मूर्ति अनावरण कार्यक्रम भएको हो ।