प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा एक पुरुष मृत भेटिए

२०८० जेठ ४, बिहीबार ०८:४३ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ मा एक जना पुरुष मृत भेटिएका छन् ।

हेटौंडा उपमहानगरपालिका–१९, बस्तिपुर बस्ने ५० वर्षीय बिर बहादुर घलान मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार बिहिबार स्थानीय बाह्र चकरी खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेको हो । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।