प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा ट्रकले मोटरसाइकललाई ठक्कर दियो

२०८० बैशाख १, शुक्रबार ०२:२३ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका–१० राप्तिपुल नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौडा–१ चाईनाक्वाटर बस्ने २७ वर्षीय शुशिल बिडारी रहेका छन् ।

गएराति पुर्व–पश्चिम सडकखण्डमा वीरगंजबाट बाग्लुङतर्फ जाँदै गरेको ना ६ ख ८६०२ नम्बरको ट्रकले बुद्धचोकबाट थानाभर्यामङ तर्फ जाँदै गरेको ग २१ प ५८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा बिडारी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार ट्रकको ठक्करबाट बिडारीको शरिरको बिभिन्न भागमा चोट लागेको छ । उनको हेटौंडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ । ट्रक, ट्रक चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिगात्मक तस्वीर