प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा नेपाल टेलिकमको सेवा अवरुद्ध

२०८० असार १०, आईतबार ११:४० बजे

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल टेलिकमको सबै सेवा अवरुद्ध भएको छ । हेटौंडा उपमहागरपालिकाको चौकिटोल स्थित सडकको नाला विस्तार गर्ने क्रममा अप्टिक फाइनबर चुडिएपछि सेवा भएको नेपाल टेलिकम हेटौंडा शाखाले जनाएको छ ।

अप्टिक फाइनबरमा क्षति पुर्याएको जानकारी पाएपछि टेलिकमको प्राविधिक टोलीले मर्मत गरिहेको जानकारी प्राप्त भएको छ । मर्मत सम्पन्न भएपछि सेवा सुचारु हुने बताईएको छ ।