प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाबाट तामाङ पक्राउ

२०८१ बैशाख ११, मंगलबार १९:४३ बजे

मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१९, नेवारपानीबाट लागुऔषध चरेश सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ, गजुरी गाउँपालिका–८ बस्ने अन्दाजी ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय, नेवारपानी कार्यालय अगाडी चेक प्वाईन्टमा प्रहरीले सोमबार काठमाडौंबाट वीरगंज तर्फ आउँदै गरेको ना ७ ख २०१८ नम्बरको बसमा सवार तामाङको साथबाट ६ किलो ९०० ग्राम फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार तामाङ बसेको सिटमुनी जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागुऔषध चरेश फेला परेको हो । उनलाई लागुऔषध चरेश सहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।