प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

घुस लिने सबईन्जिनियर पक्राउ

२०८० आश्विन १५, सोमबार २०:५४ बजे

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर निर्माण गरिसकेको प्रमाणपत्र उपलब्ध गराएबापत घुस लिँदै गरेको अवस्थामा सबईन्जिनियरलाई पक्राउ गरेको छ ।

आयोगको कार्यालयबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका १४ नम्बर वडा कार्यालयमा कार्यरत असिस्टेन्ट सब–ईन्जिनियर बिजयालक्ष्मी पन्तलाई २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

पन्तलाई घुस रकमसहित चन्द्रागिरी नगरपालिकाकै वडा नम्बर ११ सतुङ्गलस्थित माई फुड डेरी खाजा पसलबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको हो ।