हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.१ मन्थली केराबारीमा सोमबार एक जनाको शव फेला परेको छ । बागमती खोलाको किनारामा हाल नामथर वतन नखुलेको एक पुरुष शव फेला परेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार उक्त शव सडेगलेको अवस्थामा फेला परेको हो । घटनास्थलबाट कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमाटमका लागि हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।