प्रहर खबर
 २०८३ श्रावण ८, शुक्रवार    

चौगडा बचत तथा ऋण सहकारी संस्थाको रक्तदान कार्यक्रम

२०७९ जेठ २१, शनिबार १४:४८ बजे

हेटोंडा – चौगडा बचत तथा ऋण सहकारी लि.को हेटौंडा ४ मा रहेको भुबनेश्वर सेवा केन्द्रले आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् ।

हेटौंडामा रगतको बिरामीहरुलाई रगतको अभाब हुन नदिने उदेश्यका साथ सहकारीले सहकारीकी शेयर सदस्य सुजता मैनाली, सिटिजन बैक लि. र प्रभु लाइफ ईन्सुरेन्सको सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा रक्त संञ्चार सेवा केन्द्रले प्राबिधिक सहयोग गरेको सहकारीका कार्यबाहक अध्यक्ष बिजय कुमार श्रेष्ठले बताए । सामाजिक कार्यहरुमा साथ दिने उदेश्यले उक्त कार्यक्रम गरिएको उनको भनाई रहेको छ । सहकारीले शेयरसदस्यहरुको जिवनस्तर उकास्ने मात्र नभएर सिंगो समाज रुपान्रणमा भुमिका खेल्नुपर्ने उनले बताए ।

सहकारीको भुवनेश्वर सेवाकेन्द्रका संचालक दीपकदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काबा अध्यक्ष श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।