प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको क्वीक ट्वान्टी होटलमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु

२०७९ श्रावण २२, आईतबार ०६:१६ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.४ स्थित क्वीक ट्वान्टी होटलमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा बारा सिमरा उपमहानगरपालिका वडा नंं.१५ का २० वर्षीय प्रदिप लामिछाने रहेका छन् ।

होटल सञ्चालक सरोज अधिकारीका अनुसार शनिबार राती ८ बजेको समयमा पाँच तल्ले होटलको छतमा रहेको अर्थिङ्गबाट प्रवाह भएको करेन्ट लागेर छामिछाने घाइते भएका थिए । उनको उपचार लागि अस्पताल लगिएकोमा डाक्टर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । 

विगत केही महिनादेखि छामिछाने उक्त होटलमा बस्ने, खाने सुविधा सहित काम गर्दै आएका थिए । उनी जापान जाने लक्ष्य सहित जापनीज भाषाको कक्षा समेत लिइरहेका थिए । मृतक लामिछानेको शव परीक्षण गरी आफ्न्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसअघि उक्त होटलको भवनबाट खसेर एक जना मजदुरको मृत्यु भएको थियो ।