हेटौंडा – पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरी बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।
बागलुङबाट बिरगंजतर्फ जाँदै गरेको ग१ख ७९०३ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको ना३५प १८३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते हुनेमा मोटरसाइकल चालक विरगञ्जका ३२ वर्षीय सुदिप श्रीवास्तव रहेका छन् । उनको उपचारको लागि भरतपुर चितवनतर्फ पठाएको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए ।
कार्कीका अनुसार घाइतेको खुट्टा र अनुहारमा चोट लगेको छ । बस,बस चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
सांकेतिक तस्वीर