हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिका–३ मा कालिखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षका दलबहादुर चेपाङ रहेका छन् ।
कालिका बजारबाट सामान किनेर घर फर्कने क्रममा खोलाले बगाएर उनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।