प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा मतगणना अपडेटः कलमले हलोलाई टप्यो

२०७९ जेठ ३, मंगलबार १४:३५ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकि मिना कुमारी लामाले अग्रता बनाएकी छन् । उनले ८ हजार ८४५ मत सहित अग्रता बनाएकी हुन् ।

लामाको पछिपछि राप्रपाका उम्मेदवार दिपक बहादुर सिंह रहेका छन् । उनले ८ हजार ७९० मत प्राप्त गरेका छन् । नेकपा एमालेका अनन्त प्रसाद पौडेलले ७ हजार ६०१ मत सहित तेस्रो स्थानमा छन् ।