प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा नग्न अवस्थामा एक पुरुष मृत भेटिए

२०८० बैशाख ३१, आईतबार १३:५६ बजे

हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका वडा नं.७ मनसाईमा नग्न अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं.१७ हटिया बस्ने ४८ वर्षीय नवराज देबकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

आइतबार बिहान बागमती गाउँपालिका वडा नं.७ मनसाईस्थित धरान चतरा सडक छेउमा देबकोटाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृत शरिरमा चोटपटक नदेखिएको र शंकास्पद नरहेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार शव पोष्टमाटम पछि आफन्तलाई जिम्मा लगाईएको छ । मृतकको आफन्तसंग सोधपुछ गर्दा उनको मानसिक अवस्था ठिक नरहेको र आफुखुशी घरबाट निस्किएर हिडेको बुझिएको प्रहरीले जानकारी दिएको छ ।