प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एसियन कप छनोट: अन्तिम खेल खेल्दै नेपाल

२०७९ जेठ ३१, मंगलबार ०५:३० बजे

काठमडौं – एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज (मंगलबार) अन्तिम खेलमा इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । कुवते सिटी स्थित जवर अल अहमाद अन्तरराष्ट्रिय मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ।

सुरुआती दुबै खेलमा पराजित भएको नेपाल इन्डोनेशियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । यस अघि नेपालले लगातार दुई खेल गुमाईसकेको छ ।नेपाल पहिलो खेलमा जोर्डनसँग २–० र दोस्रो खेलमा कुवेतसँग ४–१ अन्तरले पराजित भएको थियो।

छनोटको समूह ए मा जोर्डन ६ अंक सहित शीर्षस्थानमा छ। कुवेत र इन्डोनेशिया समान ३ अंक सहित दोस्रो र तेस्रो स्थानमा रहँदा नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ ।

नेपाल र इन्डोनेसियाबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो ।यस अघि नेपालले इन्डोनेसियासँग एक मैत्रीपूर्ण खेल खेलेको थियो ।सन् २०१४ को जुन २५ मा भएको मैत्रीपूर्णमा इन्डोनेसियाले २–० को जित निकालेको थियो ।