प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हृदयघातका कारण वडाध्यक्ष जोशीको निधन

२०७९ मंसिर १५, बिहीबार ०३:४२ बजे

काठमाडौं – हृदयघातका कारण डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ।

बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासि बेहोस भएर ढलेको पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए।

उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो। जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।