हेटौंडा – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि १०४ वटा स्थानीय तह छनोट भएका छन् । जसमा मकवानपुरका ४ वटा स्थानीय तह छनोट भएका छन् ।
नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहहरूमध्ये तोकिएको योग्यता र आधार पुरा गरेका मकवानपुरको एक उपमहानगर र ३ वटा गाउँपालिका भएको हो ।
मन्त्रालयले सार्वजनिक गरेको नामावली अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी, भीमफेदी र कैलाश गाउँपालिका छनोट भएका हुन् ।
छनोट भएका मकवानपुरका स्थानीय तहका नामावली
मन्त्रालयले कोशी प्रदेशका २०, मधेस प्रदेशका १७, बागमती प्रदेशका १७, गण्डकी प्रदेशका ११, लुम्बिनी प्रदेशका १४, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका ११ वटा स्थानीय तहहरू छनोट गरेको हो ।
यस कार्यक्रमका सञ्चालनका लागि २४२ वटा स्थानीय तहले निवेदन दिएका थिए । मापदण्ड पुरा गरेका १०४ वटालाई छानिएको मन्त्रालयले जनाएको छ । छनोट भएका स्थानीय तहहरूमा एकमुष्ट रूपमा ८८ करोड ५० लाख रुपैयाँ पठाइएको मन्त्रालयको स्रोत परिचालन समन्वय शाखाका शाखा अधिकृत नमराज सापकोटाले दिए ।
१०४ वटा स्थानीय तहको नामावली