काठमाडौं – डोटीमा निर्वाचन सामाग्री बोकिरहेको जिप दुर्घटना दुर्घटना भएको छ । बडीकेदार गाउँपालिका वडा नं ५ अत्तरकाँडामा जीप बिहीबार दुर्घटनामा परेको हो ।
सिलगढीबाट निर्वाचन सामाग्री र कर्मचारी बोकेर जिप बडिकेदार गाउँपालिका वडा नं ५ मार्कोट स्थित मतदान केन्द्र गइरहेका बेला ब्रेकफेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीका अनुसार जिपमा कर्मचारी, सुरक्षाकर्मी लगायत ११ जनाको टोली सवार थिए । दुर्घटनामा परी मतदान अधिकृत दिनेश सिं रैखोला घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।