काठमाडौँ – नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । त्यस सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा बिहीबार यहाँस्थित अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) का निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्याल हस्ताक्षरपछि सम्झौतापत्र आदानप्रदान गर्दै । तस्बिरः नवीन पौडेल÷रासस