काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा नलड्ने घोषणा गरेका छन् । सभामुख सापकोटाले कार्यकक्षमा पत्रकारहरूसँग भेटघाटमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
युवाहरूलाई मौका दिन यसपटक आफू उम्मेदवार नहुने उनको भनाइ छ । लगातार ३ पटक चुनाव जित्ने अवसर पाएको र युवा पुस्तालाई अगाडि बढाउन आफूले यो कदम चालेको सापकोटाले बताए ।
सापकोटा २०६४, २०७० मा संविधानसभा सदस्य रहेका २०७४ मा सिन्धुपाल्चोक २ बाट चुनाव जितेका थिए ।