प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रदेश खेलकुद: फुटबलतर्फ आज दुई खेल, मकवानपुर सिन्धुलीसंग भिड्दै

२०७८ चैत्र २, बुधबार ०४:३८ बजे

हेटौंडा – प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा आज (बुधबार) दुई खेल हुँदैछ ।

हेटौंडा–४ पिप्ले क्याम्पा रंगशालामा हुने पहिलो खेलमा समुह ख बाट काभ्रेपलान्चोक र धादिङ जिल्लाबिच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै दोस्रो खेल समुह क बाट दिउँसो ३ बजे घरेलु टोली मकवानपुर र सिन्धुली जिल्लाबिच प्रतिस्पर्धा हुनेछ ।

यसअघि मकवानपुरले नुवाकोटलाई ३–० र सिन्धुलीले काठमाडौंलाई ६–० गोलले पराजित गर्दै क्वाटरफाइलमा प्रवेश गरेको थियो ।

आज जित निकाल्ने टोली पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गर्नेछ ।

आजको पहिलो खेलमा जित निकाल्ने टोलीले रामेछाप र ललितपुरबिचको विजेतासंग भिड्नेछ । दोस्रो खेलमा जित निकाल्ने टोलीले भक्तपुर र दोलखाबिचको विजेतासंग खल्नेछ ।

नकआउट चरणमा भएको प्रतियोगितामा सहभागिता टिमलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको पुरुष फुटबलतर्फ प्रदेशका १३ जिल्लाको सहभागिता रहेको छ भने फाइनल ६ गते हुनेछ ।