प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

लागूऔषध सहित हेटौंडाबाट एक दम्पती पक्राउ

२०७९ भाद्र २८, मंगलबार ०७:२१ बजे

हेटौंडा – लागूऔषध खैरोहेरोईनसहित मकवानपुर हेटौंडाबाट एक दम्पती पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत घर भई हाल हेटौंडा–१० आनन्द टोल बस्ने २५ वर्षीय समिर सिद्धिकी र उनकी  श्रीमती रिजु कुमारी दास रहेका छन् ।

लागुऔषध बिक्री वितरण गर्न लागेको छ भन्ने सुचनाको आधरमा सादा पोशकमा खटिएको प्रहरीको टोली सोमबार उनीहरुकै कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक(प्रवक्ता) टेक बहादुर कार्कीले बताए । उनीहरुको साथबाट ८ ग्राम २४० मिलिग्राम खैरोहिरोईन बरामद भएको उनले बताए ।