हेटौंडा – विश्व वातावरण दिवसको अवसरमा मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
मकवानपुर महिला समूहको सहयोगमा आयोजित प्रतियोगितामा रोशनी बर्तौला प्रथम, ईरानी थापा द्वितीय र संदीप प्रजा तृतीय भई पुरस्कृत भएका छन् । बिजेता विद्यार्थीलाई विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतम, मकवानपुर महिला समूहकी साबित्री लामिछाने, विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले पुरस्कृत गरेका थिए । प्रतियोगिताको निर्णायकमा शिक्षक रामचन्द्र तिमल्सिना, शर्मिला सिग्देल, सपना लामा रहेका थिए ।
विद्यालयका शिक्षक ईश्वर रिजालले सहजीकरण गरेको प्रतियोगितामा कक्षा ८, ९, १० का १३ जना विद्यार्थीले भाग लिएका थिए । विद्यालयमा आयोजना हुने अतिरिक्त क्रियाकलापबाट बालबालिकाले धेरै कुरा सिक्न सक्ने भएकोले अतिरिक्त क्रियाकलापको क्यालेण्डर निर्माण गरी कार्यक्रम गरिएको अतिरिक्त क्रियाकलाप संयोजक रामचन्द्र तिमल्सिनाले बताए ।