हेटौंडा – मकवानपुर राक्सिराङ गाउँपालिका–५ चौतारास्थित भित्रि सडक खण्डमा बोलेरो जिप दुर्घटना भएको छ । चैनपुरबाट राक्सिराङको बंकिङ चौतारातर्फ जादै गरेको ना ४ च ४२७३ नम्बरको यात्रु र सामान बोकेको बोलेरो जिप आफै अनियन्त्रित भई सडकबाट करिब ४०/५० मिटर तल खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बोलेरो दुर्घटना हुँदा चालक सहित जम्मा ६ जना घाइते भएका छन् । घाइते हुनेमा राक्सिराङ–४ बस्ने बर्ष ४० को सन्च लाल घलान, सोही स्थान बस्ने बर्ष १२ को बिक्रम घलान, सोही स्थान बस्ने बर्ष २१ कि सानु माया घलान रहेका छन् भने अन्य ३ जनाको नाम खुल्न बाँकी रहेको छ ।
घाइतेलाई उपचारका लागि भरतपुर चितवन तर्फ पठाईएको र जिप घटना स्थलमा नै रहेको,चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।