प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा एक पुरुषको शव फेला

२०७९ कार्तिक २२, मंगलबार ०५:४३ बजे

हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका–८ भिमफेदी गाउँपालिका–८ कोगटेस्थित दोभान खोलामा एक पुरुषको शव फेला परेको छ ।

मृतक पुरुष ईन्द्रसरोबर गाउँपालिका–३ काप्राङ बस्ने ५७ वर्षीय संचार थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार बिहान दोभान खोला ढुङ्गाको काप्चामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अनुसन्धान र मुचुल्लाकाको लागि इलाका प्रहरी कार्यालय भिमफेदीको टोली घटनास्थालमा पुगेको बताईएको छ ।

प्रहरीका अनुसार थिङ कार्तिक २ गते घरबाट आफुखुसी निस्किएका थिए । तर परिवारले खोजतलासको लागि आफुहरुलाई जानकारी नगराएको प्रहरीको भनाई छ ।