प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा प्रहरीको नजर मदिरामा, दुई दिनमा पाँच जना पक्राउ

२०८० आश्विन ७, आईतबार १०:४६ बजे

हेटौंडा – मकवानपुर प्रहरीले फेरी भन्सारी छलि गरेर ल्याएको विभिन्न ब्राण्डका मदिरासहित तीन जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनबाट हुँदै बारातर्फ जाँदै गरेको डिएल २ सीएके ७२७३ नम्बरको भारतीय कारबाट मदिरा बरामद गरेको हो ।

प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट खटिएको टोलीले शनिबार हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेकपोष्टबाट रोलय ग्रीन मदिरा ३७५ एमएलको ३२५ वटा र १८० एमएलको ८४ वटा गरी कुल ४०९ बोत्तल सहित तीन जनालाई पक्राउ गरेको हो । सोधपुछ गर्दा मदिराको राजस्व छली गरेको पाईएपछि प्रहरीले कार चालक भारतीय नागरीक २८ बर्षीय कुनाल, कारमा सवार भारतीय नागरीक ३१ बर्षीय नहिम र ३७ बर्षीय राजुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चार्डवार्ड नजिएसंगै मकवानपुरले मकवानपुरमा अवैध रुपमा भित्रिने सामाग्रीमा निगरानी बढाएको छ । गत शुक्रबार हेटौंडा–१५ रातोमाटेबाटै रोयल ग्रिन नामक रक्सी ३७५ एमएलको ३९० वटा र १८० एमएलको ५६ वटा सहित प्रहरीले भारतिय नागरिक २७  बर्षीय बिक्की र कारमा सवार सोही स्थान बस्ने २५ बर्षीय राहुल कुमारलाई पक्राउ गरेको थियो । 

पक्राउ परेका पाँचै जनामाथि आवश्यक कारवाही र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद भएको मदिरा र दुई वटा गाडी पनि प्रहरीकै नियन्त्रणमा छ ।