प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

भरतपुरमा रेनु १ हजार ७१२ मतले अगाडि

२०७९ जेठ ४, बुधबार ०५:०४ बजे

चितवन – भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाउँदै गएकी छन् । मतगणनाको पछिल्लो परिणामअनुसार रेनु १  हजार  ७१२ मतले अगाडि छिन् ।

भरतपुरमा २७ हजार ४३८ मतगणना हुँदा रेनुले ९ हजार ९७० मत पाएउँदा एमालेका विजय सुवेदीले ८ हजार २५८मत पाएका छन् ।स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३१५ मत पाएका छन् ।

यस्तै उपमेयरमा चित्रसेन अधिकारीले ११ हजार ९५६ मतका साथ अग्रता बनाइरहेका छन् ।उनको निकटमत प्रतिद्वन्दी हिमला गुरुङ ६ हजार ७४२ मत प्राप्त गरेका छन् ।