प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाको सानोपोखरा चोकमा मोटरसाइकल दुर्घटना

२०७९ कार्तिक १७, बिहीबार ०५:५४ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका ५ सानोपोखरा चोकमा पनि गएराति मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

चौघडाबाट हेटौडा बजारतर्फ जाँदै गरेको ना १७ प ३३ ५४ नम्बरको मोटरसाइकल गएराति साढे ९ बजे अनियन्त्रित भएर पल्टिएको थियो ।

दुर्घटनामा हेटौडा १ बस्ने २२ वर्षीय जुगेश्वर राउत कुर्मी घाइते भएका छन् । उनको उपचार चितवन स्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा भरहेको प्रहरीले जनाएको छ ।

चालकले मदिरा पिएर मोटरसाइकल चलाएको खुल्न आएको वडा प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।

सांकेतिक तस्वीर