प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा एक पुरुष मृत भेटिए

२०८१ असार १९, मंगलबार ०९:३१ बजे

हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिका वडा नं.१० बेतेघारीमा एक पुरुषको शव फेला परेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार कैलाश गाउँपालिका वडा नं.१० गोपीराङ बस्ने अन्दाजी बर्ष ५५ को पुर्ण बहादुर प्रजा सोमबार मृत फेला परेका हुन् ।

मृतक दैनिक ज्यालादारी गर्दै मादक पदार्थ सेवनगरी हिड्ने भनि स्थानियले जानकारी गराएको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।