हेटौंडा – मकवानपुर क्षेत्र नं. २ का सांसद महेश कुमार बर्तौलाको नेतृत्वमा शिवम् सिमेन्ट उद्योगको अव्यस्थित चुनढुङ्गा खानीको अनुगमन गरिएको छ । बिहिबार मकवानपुरगढी गाउँपालिका वडा नं.७ स्थित खोटार खानीमा क्षेत्र अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा सासद वर्तौलाले अनुगमन र छलफलपछि खानी ओभर बडेन ब्यवस्थापन र जोखिम न्यूनीकरणको काम नभएसम्म चुनढुङ्गा उत्खनन रोक्न निर्देशन दिएका छन् ।
बर्षायाम बगेर जाने ओभर बडेनका कारण तटिय क्षेत्रमा हुन सक्ने भयावह स्थिती रोक्न स्थानीय सरकारसंग समन्वय गरेर तत्काल बस्ती बचाउँको काम सुचारु गर्न पनि निर्देशन दिएका छन् ।
यसअघि बस्ती बचाउँ अभियान अन्तर्गत स्थानीयहरुसंग भएको सम्झौता दुई बर्षदेखि अलपत्र अवस्थामा छ । सम्झौता भएर पनि रोकिएका कामहरु नियमित गर्न आफू पनि सहयोग गर्न तयार रहेको बताए ।
अनुगमनपछि बस्ति बचाउने, उद्योग चलाउने भन्ने विषयमा छलफल भएको थियो । छलफलमा स्थानीयहरुले उद्योगले खानी सञ्चालन गर्दा देखिएका समस्यहरु राखेका थिए ।
अनुगमनपछिको छलफलले सम्झौता भएका सामाजिक उत्तरदायित्वका काम पुनः सुचारु गर्ने र खानी क्षेत्रको जोखिम(ओवर वडेन) व्यवस्थापन नगरेसम्म उत्खनन् बन्द गर्ने लिखित हैन, मुखे भद्र सहमति गरेको छ ।
जनताको समस्या समाधानको लागि सबै निकाय एकजुट भएर लाग्नु पर्ने जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख ललित घलानले धारणा व्यक्त गरे । उनले जनताको समस्या विषयलाई राजनीतिकरण गर्न नहुने भनाई राखे ।
उद्योगले स्थानीय सरकारको विना स्वीकृत खानी सञ्चालन गरेको बताउँदै निर्वमान पालिका अध्यक्ष हुँमागाईले उद्योग र सरकारको लगानीमा गर्ने भनिएको बस्ती संरक्षण तथा तटबन्ध निर्माणको काम निरन्तरता पाउन नसकेको बताए । हालका पालिका अध्यक्ष दोर्जेलामा स्याङ्तानले कसैको दवाव र प्रभावमा नपरिकन काम गर्ने बताए ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे सामाजिक उत्तरदायित्व अन्तर्गत भएका सम्झौता कार्यान्वयनमा दुबै निकाय प्रतिवद्ध हुनुपर्ने बताए ।
अनुगमनमा पालिका उपाध्यक्ष मानकुमारी नेपाली(पाख्रीन), पालिकाका जनप्रतिनिधि, कार्मचारी, स्थानीयहरुको उपस्थिति रहेको थियो । क्षेत्रधिकार भन्दा बाहिर गएर अनुगमन अध्ययन प्रतिवेदन तयार गर्ने सोही वडाका जनप्रतिनिधिको भने उपस्थिति थिएन ।
सम्बन्धित समाचारहरु
प्रकृतिमाथि शिवमको निर्मम प्रहार, उद्योगकै संरक्षणमा मकवानपुरगढी सरकार
शिवमको खानी क्षेत्र अनुगमन झारा टार्ने, उद्योगको अवैध काम सिडिओले देखेनन्
शिवमको कालाकर्तुतः स्वीकृती बिना बर्षौँ चुनढुङ्गा उत्खनन्(भिडियो सहित)
चुनढुङ्गा खानी क्षेत्रमा शिवम सिमेन्ट उद्योगको दादागिरी, माग पुरा गर्न पीडितको अल्टिमेटम
शिवमको लगानी, जनप्रतिनिधिको काम, महिना दिन नबित्दै स्ल्याव भयो झ्वाम
मकवानपुरगढीमा गठबन्धनको जितसंगै खानीदेखि खोलासम्म ब्यापक दोहन हुने आशंका
शिवम सिमेन्ट उद्योगको सेटिङमा अवैध काम, क–कसले पाए कति दाम ?
टिपर ओभरलोड नबोक्न मान्दैनन्, मकवानपुरका ट्राफिक बोल्नै मान्दैन
शिवम र रिद्धिसिद्धिको रझाई: औंसी–पुर्णे चेकिङ्ग, हुँदैन कारवाही क–कस्को छ सेटिङ्ग ?