हेटौंडा – अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण बागमती प्रदेशको सदरमुकाम हेटौँडा र संघीय राजधानी काठमाडौं जोड्ने तीन वटा सडक अवरुद्ध भएको छ । हेटौँडा–भिमफेदी–कुलेखानी–काठमाडौं, कान्तिलोकपथ, हेटौँडा–मुग्लिन–काठमाडौं सडकमा पहिरो खसेपछि अवरुद्ध भएको हो ।
गएराति हेटौँडा–भिमफेदी–कुलेखानी–काठमाडौं अन्तर्गत मकवानपुर भिमफेदी गाउँपालिका वडा नं.२ ज्यालटारमा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ । त्यस्तै गएराति मकवानपुर बकैया गाउँपालिका वडा नं.११ लामराङस्थित सडकमा पहिरो खस्दा कान्तिलोकपथ दुबैतर्फ अवरुद्ध भएको हो । सो क्षेत्रमा पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
सडक डिभिजन भतरपुरका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डको कालिखोलासहित ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। बिहानैदेखि डिभिजनको मेशिनबाट पहिरो पन्छाउने कार्य भैरहेको र पहिरो नआए पहिरो पन्छाउन करिब ३ घण्टा समय लाग्ने अनुमान गरिएको छ ।
।