प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाबाट लागुऔषध सहित एक जना पक्राउ

२०८० पौष १५, आईतबार ०९:३० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट शनिबार लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २३ बस्ने ३० बर्षीय रियाज देवान रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बिआर १ पिबी ३३१४ नम्बरको भारतीय सुमालाई शंका लागेर चेकजाँच गर्दा उक्त सुमोको पछाडिमा लुकाएर राखेको अवस्थामा ५ वटा पोकामा १५ किलो लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।

गाँजा, गाडी र देवानलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।