हेटौंडा – मकवानपुरमा प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार गणना भएको १ लाख ७७ हजार ८५८ मतमा नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले क्षेत्र नं.१ बाट २२ हजार ६११ र २ बाट २८ हजार १९६ गरी कुल ५० हजार ८०७ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेस ३६ हजार २६४ मत सहित दोस्रो दल बनेको छ भने रबि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) २९ हजार ८८९ मत सहित तेस्रो भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र २६ हजार १३३ मत सहित चौथो बन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी १६ हजार ७७१ मत सहित पाँचौ स्थानमा रहेको छ ।
माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीले ३ हजार ८२७ मत मात्रै प्राप्त गरेको छ ।खसेको मतमध्ये १ लाख ७० हजार १६६ सदर हुँदा ७ हजार ६९९ मत बदर भएको जिल्लाको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
प्रत्यक्षतर्फ दुई प्रतिनिधिसभा रहेको जिल्लामा एमाले र राप्रपाले एक/एक स्थानमा जितेको छ । प्रदेशसभामा माओवादी केन्द्रले दुई स्थानमा बाजी मार्दा एमाले र कांग्रेस एक–एक स्थानमा जितेको छ ।
%20samanupatika1669389675.jpg)
प्रतिनिधिसभा समानुपातिक क्षेत्र नं. २ मा कसले कति मत पाए ?
