प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा आफ्नै दाजुमाथि खुकुरी प्रहार गर्ने पक्राउ

२०८० कार्तिक १, बुधबार ०७:१७ बजे

हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका वडा नं.९ बेतिनीस्थित आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी फरार रहेका एक जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

अगौटे वस्ने ४८ बर्षीय अशोक तुम सिहंलाई खुकुरी प्रहार गरी फरार रहेका ४७ बर्षीय जिवन बहादुर तुम सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भाई जिवनले आफ्नै दाजु अशोकलाई गत असोज २८ गते साँझ खुकुरी प्रहार गरेका थिए । प्रहरीका अनुसार खुकुरी प्रहारबाट दाजु अशोकको घाटी र दाहिने हातमा काटेको थियो ।