मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित सडकबाट करिब १२ किलो ९ सय ग्राम गाँजासहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बकैया गाउँपालिका–४ बस्ने ३२ वर्षीया चमेली माया घलान र हेटौंडा उपमहानगरपालिका–१० मन्थली बस्ने २५ वर्षीया रोजिना घलान रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले मे।१ ख ३३३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार चमेली मायाको साथबाट करिब ६ किलो ५ सय ग्राम र रोजिनाको साथबाट करिब ६ किलो ४ सय ग्राम गाँजा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।