मकवानपुर – जिल्लाको भिमफेदी गाउँपालिकाबाट तीन क्विन्टल भन्दा बढी लागुऔषध गाँजा बरामद भएको छ ।
भिमफेदी–२ भैसेबाट करिब २ सय ५६ केजी २८ ग्राम लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमफेदी गाउँपालिका–९ महभिर बस्ने ३५ वर्षीय प्रकाश लामा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले बिहीबार बिहान उक्त लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । नामटारबाट हेटौंडातर्फ आउँदै गरेको ना।७ ख ३९८७ नम्बरको आईचर ट्रक जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित ट्रक चालक लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय भिमफेदीबाटै खटिएको प्रहरीले ना.८ ख २७१८ नम्बरको आईचर ट्रकबाट करिब ७४ केजी लागूऔषध गाँजा बरामद गरेको छ । उक्त लागुऔषध बरामद गरिएपनि ट्रक चालक भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाए छ ।
फाइल तस्वीर