प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको राप्तिखोलामा डुबेर एक जनाको मृत्यु, ४ जना प्रहरीको नियन्त्रणमा

२०८० श्रावण २, मंगलबार ११:०५ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० स्थित राप्तिखोलामा डुवेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २०–२२ बर्षीय युवक रहेका छन् । उनको नामथर वतन नखुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार विहान राप्तिपुल नजिकै ३–४ जनाको समुहमा पौडी खेल्ने क्रममा ती युवक डुबेका थिए । प्रहरीले उद्धार गरी उपचारका लागि हेटौंडा अस्पतालमा लगेको चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

मृतक युवकसंगै पौडी खेल्न गएका ४ जना युवकलाई सोधपुछका लागि नियन्त्रणमा लिईएको प्रवक्ता कार्कीले बताए । उनले घटनाको बारेमा अनुसन्धान भइरहेको बताए ।