प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरका थिङ बलात्कारमा दोषी ठहर

२०८१ कार्तिक १३, मंगलबार १९:३३ बजे

हेटौडा – अपांगता भएकी बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुर एक युवकलाई साढे १२ वर्ष कैदको फैसला सुनाएको छ । अदालतले पीडकबाट पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ ।

जिल्ला न्यायाधीश शकुन्तला कार्कीको मंगलबारको इजलासले मकवानपुरको वकैया गाउँपालिका-१० का २६ वर्षीय विक्रम भन्ने सुजन थिङलाई १४ वर्षीया बौद्धिक अपांगता भएकी बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

अदालतका सूचना अधिकारी केशवराज कौशिकका अनुसार बालिकालाई बलात्कार गरेकोमा १२ वर्ष र बौद्धिक अपांगता भएकीलाई बलात्कार गरेकोमा थप ६ महिना गरी साढे १२ वर्ष कैद गर्ने फैसला गरेको हो ।

अभियुक्तले २०७६ चैत ६ गते बालिकालाई ललाइफकाई आफ्नै घरमा ल्याएर बलात्कार गरेका थिए । उक्त मुद्दा जिल्ला अदालत मकवानपुरको फैसला हुन बाँकी रहेका मुद्दामध्ये सबैभन्दा पुरानो मुद्दा हो ।इकान्तिपुरबाट