हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.४ मा आफु सुत्ने कोठामा एक पुरुष मृत भेटिएका छन् ।
सोमबार भुटनदेवी स्कूलको मोडमा एक घरमा डोरा गरी बस्ने चितवनको रत्ननगर–२ स्थायी ठेगाना भएका ३७ वर्षीय राजकुमार श्रेष्ठ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलको मुचुल्का गरी शव पोष्टमार्टमका लागी हेटौंडा अस्पतालमा लगिएको छ । उनको के कारणले मृत्यु भएको भन्ने बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।