हेटौंडा – काभ्रेपलाञ्चोकको बेथानचोक गाँउपालिका ४ चलाल गणेशस्थानस्थित बस दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा बसका चालक ललितपुर महाङकाल घर भई काभ्रेको पनौति नगरपालिका ४ बस्ने २२ वर्षिय सन्तोष तिमल्सिना, बसमा सवार बनेपा नगरपालिका १४ का ३९ वर्षीय राज कुमार तामाङ, बनेपा ११ की ७९ वर्षीया निर्मला तामाङ ,बनेपा ८ का ११ वर्षीय योगेश तामाङ ,बनेपा ११ कै ५० वर्षीय आकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ ,२५ वर्षिया कोपिला तामाङ ,६ वर्षिया श्रेया तामाङ, काभ्रेकै मण्डन देउपुर नगरपालिका १ की ३७ वर्षिया जेलि तामाङ, धुलिखेल नगरपालिका ११ बस्ने ३० वर्षीय बुद्द तामाङ ,बेथानचोक गाँउपालिका ५ की ३२ वर्षीया मञ्जु तामाङ , बनेपा १४ की २८ वर्षिया गिता श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २ पुरुष र २ जना महिलाको भने सनाखत हुन अझै बाँकी रहेको छ । दुर्घटनामा २२ जना घाईते भएका छन् । घाईते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भिर घाईते हुनेमा काभ्रे कुशादेवीका ३८ वर्षिय कालु तामाङ, बनेपा ११ का ३७ वर्षिय राजकुमार तामाङ, २७ वर्षिय हिरामान तामाङ, ६ वर्षिय रेनजेन तामाङ, मकवानपुर कुलेखानीका २६ वर्षिया डोल्मा तामाङ, बेथानचोक गाँउपालिका ५ का १३ वर्षिय योगेश तामाङ र नाम नखुलेका अन्दाजी ३ वर्षिय बालक रहेका छन् ।
घाइतेहरूको धुलिखेल र शिर मेमोरियल अस्पताल काभ्रे र काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । एक जना भने उपचार पश्चात डिश्चार्ज भइसकेका छन् । मंगलबार साँझ पौने ७ बजे च्याल्टीबाट पनौतीतर्फ जाँदै गरेको बा ३ ख ४३८५ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडक छेउको नालीमा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ ।