प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पुलिस मकवानपुर गोल्डकपको क्वाटरफाइनलमा

२०७९ जेठ २२, आईतबार १४:११ बजे

हेटौंडा – नेपाल पुलिस क्लब हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृती अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको आज(आइतबार) भएको दोस्रो खेलमा पुलिसले खुमलटार युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पुलिसलाई जित दिलाउनका लागि अभिषेक रिजाल र भरत साहले एक–एक गोल गर्दा खुमलटारका दिवस छन्त्यालले एक गोल फर्काए ।

nepal polic vs khumal tar

पुलिसका लागि खेलको तेस्रो मिनेटमा अभिषेक रिजालले गोल गर्दै १–० को अग्रता दिलाए । खेलको ३५ औँ मिनेटमा भरत साहले अग्रता दोब्बर पारे ।

पहिलो हाफमा दुई शुन्यको अग्रता बनाएको पुलिस दोस्रो हाफमा एक गोल खान पुग्यो । खुमलटारका दिवस छन्त्यालले खेलको ८५ औँ मिनेटमा गोल गर्दै २–१ को स्थितीमा ल्याए । बाँकी समय खुमलटारले थप गोल गर्न नसकेपछि खेल पुलिसले २–१ ले जित्यो ।

टोलीले हारेपनि उत्कृट खेल प्रर्दशन गरेका खुमलटारका दिवस छन्त्याल म्यानअफ द म्याद घोषित भए । उनले ट्रफि सहित नगद १० हजार प्राप्त गरे ।

 IMG_9905 

पुलिसले सेमिफाइनल प्रवेशको लागि २४ गते मनाङ्ग मस्र्याङ्दी क्लबसंग भिड्ने छन् ।  आजै भएको पहिलो खेलमा विभागीय टोली एपिएफ फुटबल क्लबले फ्रेन्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

आजको दुबै खेलमा पराजित भएको फ्रेड्स र खुमलटार प्रतियोगिताबाट बाहिरिएको छ । यससंगै प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न भएको छ ।

भोली (सोमबार)बाट क्वाटरफाइनल चरणको खेल सुरु हुनेछ । क्वाटरफाइनल चरण अन्तर्गत पहिलो खेल एपिएफ र त्रिभुवन आर्मी क्बलविच हुनेछ । खेल दिउँसो साढे ३ बजेबाट सुरु हुनेछ । 

मकवानपुरको १० पालिकाको सहयोग र फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।

प्रतियोगितामा एडिभिजन, मोफसल र विदेशी सहित १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।