प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

खेल चलिरहेको मैदानमा हेलिकप्टर ल्यान्ड गरेपछि...

२०७९ माघ ५, बिहीबार ११:३० बजे

काठमाडौं – फुटबल खेलको प्रतिस्पर्धा चलिरहेको बेलामा मैदानमा हेलिकोप्टर ल्यान्ड गरेपछि झडप भएको छ ।

बिहीबार वालिङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल चलिरहदा प्रभु कम्पनिको हेलिकप्टर मैदानमा अवतरण भएको थियो ।

मैदानमा खेल चलिरहेकै बेलामा हेलिकोप्टर ल्यान्ड गरिएपछि हेलिकोप्टरका क्याप्टेन रमेश डङ्गोलमाथि हातपात भएको हो। हेलिकोप्टर ल्यान्ड गरेपछि आक्रोशित युवाले क्याप्टेन डङ्गोललाई हातपात गरेका हुन्। 

आक्रोशित युवाहरूको कुटाइबाट क्याप्टेन डङ्गोलको नाक तथा मुखबाट रगत निस्किएको छ। खेलको पहिलो हाफ चलिरहँदा हेलिकोप्टर खेलमैदानमा झारिएको थियो।

सञ्चारमाध्यहरुका अनुसार वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले पोखराबाट चार्टर गरेर ल्याएका थिए। 

अनुमति बिना हेलिकोप्टर अवतरण गर्ने, गराउने दुबैलाई कारबाही गरिने जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताएका छन्।