प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा एक महिला विस्तारामै मृत भेटिइन्

२०८० माघ २, मंगलबार ०८:२५ बजे

हेटौंडा – मकवानपुरमा एक महिला विस्तारा(ओछ्यान)मै मृत भेटिएकी छिन् । जिल्लाको मनहरी गाउँपालिका वडा नं.६ कत्लेखोला बस्ने ५२ बर्षीया प्रितिमाया मोक्तान मृत फेला परेकी हुन् ।

उनी सोमबार दिउँसो आफ्नै घरको बिस्तारामै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनास्थलबाट कानुनी प्रक्रिया पुरा गरी प्रहरीले शव पोष्टमाटका लागि हेटौंडा अस्पतालमा ल्याएको छ ।

प्रहरीका अनुसार मृत्यु कारण खुलेको छैन । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।