प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

एमाले पुन पहिलो पार्टी हुन्छः केन्द्रीय सदस्य राना

२०७९ असार २५, शनिबार १४:२३ बजे

मकवानपुर – नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाले आगामी संसदीय निर्वाचनबाट पुन पहिलो पार्टीको रूपमा स्थापित हुने बताउनु भएको छ । नेकपा एमाले, थाहा नगरपालिका वडा नम्बर ६, ९, ११, १२ मा कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रममा स्थानीय तहको निर्वाचनमा कम सिटमा विजयी भए पनि समग्र जनमतमा एमाले पहिलो रहेको भन्दै राष्ट्रियता, लोकतन्त्र, विकास, समृद्वि र जनजिविकाको सवाल लिएका अडान र गरेको कामले जनताको रुचि एमालेप्रति रहेको बताउनुभयो ।

स्थानीय निर्वाचनमा देखिएको कमजोरीलाई हटाई एकताबद्व पार्टीको संगठनको बल र जनताको समर्थनमा एमाले पहिलो पार्टी हुने उहाँले बताउनुभयो ।गठबन्धन जनहितको लागि नभई सत्ता स्वार्थको लागि मात्र भएको गठबन्धन सरकारको पालामा मुलुकमा मौलाएको कुशासन, भ्रष्टाचार, महंगी र राष्ट्रघाती पुष्टि भएको बताउनुभयो ।

विभिन्न स्थानमा भएका कार्यक्रममा पार्टी प्रदेश कमिटीका सदस्यहरू बलराम बल, सुभाषचन्द्र ठकुरी, बुद्वरत्न मानन्धर, नवराज तिमल्सिना, जिल्ला सचिव नवीन सिग्देल, जिल्ला सदस्यहरू शाशिधर सुवेदी, हरि गोपाली, जिल्ला सल्लाहकार सदस्यहरू लक्ष्मण रेग्मी, चित्रबहादुर बलामी, थाहा नगर पार्टी कमिटीका अध्यक्ष अच्चुतम् ढकाललगायतको आतिथ्यता रहेको थाहा नगर कमिटीका उपसचिव उत्तम लामिछानेले जनकारी दिनुभयो । कार्यक्रममा २ महिने जिल्लाव्यापी रूपमा संगठन शुद्विकरण तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने तयारी गरिरहेको जिल्ला कमिटीका सचिव नवीन सिग्देलले प्रष्ट पार्नु भएको थियो ।