प्रहर खबर
 २०८३ श्रावण ८, शुक्रवार    

हेटौंडामा तीन युवा प्रहरीको फन्दामा

२०७९ जेठ १२, बिहीबार ११:१९ बजे

हेटौंडा – मकवानपुर प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय निक्मा लामा, हेटौडा–१० घर भई हाल हेटौडा–८ बस्ने ३१ वर्षीय राजेश बि.क. र मकवानपुरढी गाउँपालिका ७ घर भई हाल हेटौडा–५ बस्ने २६ वर्षीयमानविर थिङ रहेका छन् ।

विशेष सुचनाको आधारमा लामालाई हेटौंडा–१३ पदमपोखरी, बि.क. र थिङलाई हेटौडा–४ स्कुलरोडबाट पक्राउ गरिएको हो । लामाको साथबाट डाईजेपाम ३३ एम्पुल, बि.क. र थिङको साथबाट २६ बोतल वनरेक्स वरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

उक्त लागुऔषधसहित उनिहरुलाई नियन्त्रणमा लिए थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।