हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिभिन्न मितिमा बरामद गरेको लागुऔषध नष्ट गरेको छ । शनिबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नं.१० स्थित राप्ती खोलाको किनारमा लागुऔषध नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार १ हजार ३९ किलोग्राम लागुऔषध गाँजा, २०५ ग्राम चरेस, १ हजार ४१ ट्यावलेट नाईट्राभेट र ३ ग्राम ७४० मिली ग्राम खैरोहेरोईनमा आगो लगाएर नष्ट गरेको हो । उक्त लागुऔषध जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतबाट खटिएको प्रहरीले चेकजांच गर्ने क्रममा बिभिन्न मितिमा बिभिन्न स्थानहरुबाट बरामद गरेको थियो ।